मंगलबार ०४ माघ २०७८

सर्लाही । सर्लाहीमा एक १६ वर्षिय युवती गाउँपालिकाको अध्यक्ष बनेकी छन । कक्षा १० मा अध्यनरत अञ्जली कुमारी साह सर्लाहीको पर्सा गाउँपालिकाको एक दिने गाउँपालिका अध्यक्ष बनेकी हुन् ।

बाल अधिकारको प्रवद्र्धन र बालबालिकाको नेतृत्व क्षमता विकासका लागि पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले एक दिनको लागि पर्सा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

वडा नं. ६ निवसी बाल क्लवको अध्यक्ष समेत रहेकी अञ्जलीले बालिका शिक्षालाई जोड दिनु पर्ने र गाउँपालिका भित्रै प्राविधिक शिक्षालयको स्थापना गर्नु पर्ने आवश्यकता औंल्याईन । सोही अवसरमा नेपाल राष्ट्रिय मा.वि. र पर्सा स्वास्थ्य चौकीमा अनुगमन भ्रमण समेत गरिएको थियो ।

यसैगरी कार्यपालिकाको बैठक बसी बालविवाह न्युनीकरणका लागि सूचनाहरु प्रचार प्रसार गर्ने, सम्पूर्ण वडाहरुमा बाल क्लव र बाल संजाल गठन गर्नका लागि गाउँपालिकाबाट ५० हजार बजेट बिनियोजन गर्ने र गाउँपालिकामा निर्माण हुने भौतिक संचनाहरु बालमैत्री बनाई आगामी ५ वर्षभित्र पर्सा गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने समेतका ऐतिहासिक निर्णय समेत गरिएको छ ।

कार्यक्रममा पर्सा गाउँपालिकाका उपाध्यक्ष इन्द्रकला देवी साह, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, वल्डभिजन इन्टरनेशनल नेपालका प्रमिल अधिकारी, सीता चौधरी, पर्सा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको बागमती सेवा समाज नेपालका प्रतिनिधि कुमार भण्डारीले जानकारी दिए ।


Last Updated on: December 2nd, 2021 at 9:29 am
२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया