मंगलबार ०४ माघ २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले कर्मचारी प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकिरहेको गुनासो गरेका छन्।

उनले आफूले रकेटको स्पीडमा काम गर्न खोजेको तर कर्मचारी पुराना थोत्रा प्लेनजस्तो भएको उल्लेख गरे।

बुधबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री आलेले भने,‘मेरो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो।’

आफूले पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासका लागि तीव्रगतिमा काम गरिरहेको भएपनि कर्मचारी संयन्त्रको गति सुस्त भएको गुनासो गरेका हुन्।

पर्यटन क्षेत्र पनि भ्रष्टाचार र अनियमितताको दलदलमा फस्दै गएको भन्दै पर्यटन प्रवर्द्धन र विकासका लागि राम्रोसँग काम गर्न नसकिएको उनले बताए।


Last Updated on: December 3rd, 2021 at 5:40 am
१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया