बुधबार १२ माघ २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले काम गरेर जनतालाई विश्वास दिलाउने बताएका छन् । राप्रपाको काठमाडौंमा जारी महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले भने, ‘हामी गफाडी हुँदैनौं । काम गरेर जनताको विश्वास दिलाउँछौं । हामी असल मानिस बनौं ।’

त्यस्तै उनले राजनीतिको केन्द्र विन्दू नेपाली जनता बन्नुपर्ने पनि बताएका छन् । जहिले पनि परिवर्तनको मुल कारण आन्तरिक हुने भन्दै उनले भने, ‘नेपालमा ४६ सालको परिवर्तन होस् या ६२–६३ सालको जनआन्दोलन होस्, या २०७२ मा जारी भएको संविधान । त्यसमा नेपालका राजनीतिक पात्रको भूमिका महत्वपूर्ण रहेको छ ।’

यसका साथै अध्यक्ष नेपालले राजनीतिक दलहरुको तीनवटा ब्राण्ड रहेको उल्लेख गर्दै भने, ‘राष्ट्रियता लोकतन्त्र प्रजातन्त्र, सामाजिक परिवर्तन न्याय र समानताको ब्राण्ड । देश काल र परिस्थिति अनुसार चल्ने पार्टीको मात्रै अस्तित्व रहन्छ ।’

विदेशीहरुको दासतालाई सामना गर्ने आँट हुनुपर्ने पनि उनको भनाइ छ ।


Last Updated on: December 3rd, 2021 at 9:00 am
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया