बुधबार १२ माघ २०७८

काठमाडौं ।

नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले देश ठाडो अध्यादेशबाट चलिरहेको बताएका छन् ।चितवनमा चलिरहेको एमालेको १०औं महाधिवेशनको स्वागत मन्तव्य राख्दै नेता ‘बादल’ले जनताको जनादेशबाट नभइ ठाडाे अध्यादेशबाट चलिरहेको बताए । महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि पनि उक्त कार्यक्रममा उपस्थित छन् ।

नेता बादलले प्रधानमन्त्री देउवाकै सामु देश संसद अस्तव्यस्त भएको र न्याय व्यवस्थालाई सेटिङबाट भताभुङ्ग पारिएको पनि दावी गरे । उनले हाल मुलुक र विश्वको अवस्था कोरोना महामारीको कारणले पनि अस्तव्यस्त बनेको बताए ।

‘बादल’ले बाेलेका छाेटाे अंश

अहिले जनताको जनादेश होइन, ठाडो अध्यादेशबाट देश चलिरहेको छ । आज राष्ट्र अध्यादेशमार्फत संचालन भइरहेको छ । देशको व्यवस्थापिका संसद अस्तव्यस्त छ । मुलुकको न्याय व्यवस्थालाई सेटिङबाट भताभुङ्ग पारिएको छ । देशलाई पुन :अस्थिरता अशान्ति र कुशासनको तर्फ धकेलिएको छ ।

आज लोकतन्त्र, राष्ट्रियता, संघीयता र जनजिविका अत्यन्तै जोखिममा परेको छ । आज मुलुकको राजनीति स्पष्ट दुई ध्रुवमा विभाजित भएको छ । एकातिर अग्रगमन समाजवादका पक्षधरहरु र अर्कोतिर पश्चगमन र दलालहरु पुँजिवादका अस्तव्यस्त । अर्कोतिर देशभक्त र वामपन्थी शक्तिहरु अर्कोतर्फ अन्तर्राष्ट्रियवादीहरु, आत्मसमर्पणवादीहरु दक्षिणपन्थीवादीहरु ।

योगेश भट्टराईको यस्तो प्रस्ताव, प्रचण्ड-माधब लगायत सबै कम्युनिष्ठहरु पनि एमालेमा !
नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवनमा सम्पन्न १०औं महाधिवेशनले पार्टीमा मत मात्रै नभएर मन पनि मिलाएको बताएका छन्। बिहीबार काठमाडौंमा नेकपा एमाले ताप्लेजुङले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा सहमती खोज्दै मन मिलाउन सक्नु नै ठूलो उपलब्धि भएको बताए।

‘यो महाधिवेशन ऐतिहासिक रह्यो, महाधिवेशनलाई एकता महाधिवेशनभन्दा पनि फरक पर्दैन किनकि यहाँ मतमात्रै नभएर कम्युनिष्ट विचार बोकेकाहरूको मन पनि मिलाइएको छ,’ उनले भने।

अहिले पनि कम्यूनिष्ट पार्टी र कम्यूनिष्ट आन्दोलनहरू सानातिना समूहमा विभाजित रहेको उल्लेख गर्दै अब जनताले नै संविधान बनाएको र यसमा सबैले सहमति जनाएकाले सबै कम्युनिष्टहरू एक हुनुको विकल्प नरहेको बताए।

‘सबै दलको सहमतिमा संविधान बनेको छ, धेरै कम्युनिष्ट आन्दोलन भए अब आन्दोलन गर्ने समय सकिएकाले समाज रुपान्तरणका लागि कम्युनिष्टहरू एक हुनुपर्छ, उनले भने। भट्टराईले कम्यूनिष्टमा सबैभन्दा ठूलो र इतिहास बोकेको पार्टी एमाले भएकाले सबै तितर बितर भएका पार्टी एमालेमा समाहित हुनुपर्ने बताए।


Last Updated on: December 4th, 2021 at 5:11 pm
२८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया