बुधबार १२ माघ २०७८

नेपाल ।

नेपालमा गणतन्त्र कि राजतन्त्र भन्ने व्यवस्थाको फैसला गर्न जनमत संग्रहमा जाऔं: विप्लव { सहमत हुनेले सेयर गरौं } काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले व्यवस्था फेर्ने जनमतसंग्रह चुनावमा जानुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मध्यावधि निर्वाचनको घोषणा गर्ने तयारी गरेपछि विप्लवले आज विज्ञप्ति जारी गर्दै संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह गर्नुपर्ने बताउनुभएको हो । साथै सरकारसँग भएको ३ बुँदे सहमतिअनुसार

आफ्ना नेता कार्यकर्ता नछाडिएकोप्रति समेत विप्लवले असन्तुष्टि जनाएका जनाउनुभएको छ । यो पनि पढ्नुहोस । काठमाण्डाै – ललितपुरको मंगलबजारमा रहेकाे ऐतिहासिक तथा पूरातात्विक महत्वको भिमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ । ​

भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा हामी आफैं निर्माण गर्न सक्छौैं’ भन्ने मर्मलाई बोध गरी मन्दिरको छानो झिंगटी छाउनका लागि स्थानीयसँग

श्रमदानको आह्वान गरिएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनु भयो । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको सो मन्दिरको पुनर्निर्माणको काम सकिन लागेको छ । स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग परी

पुनर्निर्माणको काम अन्तिम चरणमा पुर्याइएको छ । अहिले मन्दिरमा झिंगटीको छानो छाउने काम सुरु गरिएको छ । समितिका अध्यक्ष महर्जनले स्थानीयकै उपस्थितिमा छानो छाउने काम पनि सम्पन्न गर्न लागिएको बताउनु भयो । कार्यक्रममा सहभागी हुनु भएका ऊर्जा,

जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल पनि ऐतिहासिक तथा पूरातात्विक महत्वको सो सम्पदा पुनर्निर्माण कार्यमा स्थानीयको सहभागिता गौरव गर्न लायक रहेको प्रतिक्रिया दिनु भयो ।

उहाँले सम्पदाहरुको पुनर्निर्माण हामी आफैं गर्न सक्छौं भन्ने कुराको दृष्टान्त पनि यस मन्दिरको पुनर्निर्माणमा स्थानीयको सहभागिताले देखाएको भन्दै खुशी व्यक्त गर्नु भयो ।


Last Updated on: December 4th, 2021 at 5:52 pm
२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया