बुधबार १२ माघ २०७८

काठमाडौं ।

अरुले २० बर्षमा गर्ने बिकास मैले ३ बर्षमा गरे : केपी ओलीनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बिजुलीका गाडी चलाउने अभियान आफुले सुरु गरेको बताएका छन् ।

बुधबार नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा उत्पादन भएको बिजुली आफ्नै देशमा खपत गरौ, बिजुलीका गाडी चलाउ, बिजुली भात पकाऊ भनेको सुनेको भन्दै त्यही अभियान आफुले सुरु गरेकाले अहिले सरकारले नाक ठ,ड्याउन पाएको बताएका हुन् ।

‘२० बर्षसम्म यो देशमा लो,डसेडिङ हट्दैन भन्ने मान्छेहरु, किनेको विद्युत बाल्नेहरू अहिले त्यसो भन्दैछन्’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो ने,तृत्वको सरकारले भारतबाट विजुली किनेर भएपनि लो,डसेडिङ अन्त्य गरेको बताए ।

‘अनि देशमा नाक ठ,ड्याउने उनीहरु ? आज के भन्न थालेका छन् भने कमसेकम बिजुलीको चुल्हो बाल्न थालौं, नेपालमै बिजुली ख,पत गरौं, तपाईंहरुले देख्नसक्नुहुन्छ हामीले कसरी विकासको अभियान थालेका थियौ’, ओलीले आफ्नो कार्यकालमा भएका विकासको फेहरिस्त सुनाएका थिए । उनले अरुले २० बर्षमा गर्न नसक्ने विकास आफ्नो तीन बर्षे कार्यकालमा भएको दावी समेत गरे ।

अब जनता ठग्ने र कर छली गर्ने सिधै खो,रमा : अर्थमन्त्री जनार्दन शर्मा
नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले अब कसैले कर छली गर्नु भनेर सोच्नु नपर्ने बताएका छन्। दशौँ कर दिवस २०७८ का अवसरमा आन्तरिक राजस्व विभागमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले कर छली र चुहावट रोक्न सरकार क,डाइका साथ प्रस्तुत हुने बताएका हुन्।

“करदाताको गु,नासो सुन्नुपर्छ, तत्काल एउटा इकाइ बनाइनेछ, तत्काल कार्यान्वयन हुने संयन्त्र बनाउँछु, उनले भने, कहाँ स,मस्या छ त्यहाँ तत्काल समाधान गर्ने जिम्मा मेरो भयो ।व्यवसायीलाई सहयोग गर्न भन्सारमा व्यापार सुधार थालिएको बताउँदै उहाँले प्रत्येक भन्सार कार्यालयमा ‘भेहिकल स्क्यानर’ राखिने जानकारी दिए ।

“भन्सारमा भइरहेको ढिलाइका कारण व्यवसायीले दुःख व्यहोर्नु परेको छ, अब भन्सारमा स्क्यानर राखिनेछ, जसले व्यवसायीलाई आयातनिर्यातमा सहज गर्नेछ”, उनले भने । कर प्रशासनबाट करदातामैत्री व्यवहार हुनुपर्नेमा जोड दिँदै उनले करदताप्रति सरकारको विभेद्कारी नीति नहुने प्रष्ट पारेका थिए ।

उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धिको आवश्यकता रहेको र त्यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । साथै, मन्त्री शर्माले जनताको सेवकका रुपमा काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिएका थिए ।

पछिल्लो समय अर्थमन्त्री शर्माले देश विकासका लागि अर्थतन्त्रमा टेवा पुग्ने थुप्रै योजनाहरु समेत अघो सार्दै आएका छन्। यसअघि उर्जामन्त्री हुँदा विद्युतको लाइनमा ठूलो योगदान गरेका मन्त्री शर्मामा हाल अर्थतन्त्रमा केहि सुधार ल्याउने कार्यक्रम समेत बजेटमा सुनाएका थिए। मन्त्री शर्माले कर प्रणाली र कर प्रशासनलाई व्यवस्थित एवं जनताप्रति उत्तरदायी बनाइने समेत बताएका छन् ।


Last Updated on: December 5th, 2021 at 3:34 pm
४०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया