शुक्रबार ०७ माघ २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व;प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टी देशकै पहिलो शक्ति हुने दाबी गरेका छन् ।

नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश कमिटीले सोमबार झापाको दमकमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । अन्य पार्टीले हावादारी गफ मात्रै गर्ने गरेको बताउदै उनले अहिले समाजवादी पार्टीमा जनताको आकर्षण बढिरहेको बताए।

नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेशका अध्यक्ष शंकर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष घनेत्र बस्नेत, केन्द्रीय सचिव एवम् १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय अध्यक्ष केशव बिष्टलगायतका नेताले बोलेका थिए ।

खेलकुदका विभिन्न विधामा खेल प्रदर्शनीसमेत गरिएको कार्यक्रममा १ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट बाक्लो संख्यामा नेता तथा कार्यकर्ताको सहभागी रहेको थियो ।


Last Updated on: December 6th, 2021 at 7:22 pm
८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया