मंगलबार ०४ माघ २०७८

MENU
केपि ओलि बिचार र आर्दशका पनि ‘बा’ हुन, नेपाली जनताको हिरो हुन : रामबहादुर थापा ‘बादल’
एनपर्दा संवाददाता
46 0Google +0 0११२ पटक

काठमाडौं ।

नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले देश ठाडो अध्यादेशबाट चलिरहेको बताएका छन्। नेता बादलले प्रधानमन्त्री देउवाकै सामु देश संसद अस्तव्यस्त भएको र न्याय व्यवस्थालाई सेटिङबाट भताभुङ्ग पारिएको पनि दावी गरे।

उनले हाल मुलुक र विश्वको अवस्था कोरोना महामारीको कारणले पनि अस्तव्यस्त बनेको बताए। उनले भने, ‘अहिले जनताको जनादेश होइन, ठाडो अध्यादेशबाट देश चलिरहेको छ।

आज राष्ट्र अध्यादेशमार्फत संचालन भइरहेको छ। देशको व्यवस्थापिका संसद अस्तव्यस्त छ। मुलुकको न्याय व्यवस्थालाई सेटिङबाट भताभुङ्ग पारिएको छ।’

उनले भने, ‘देशलाई पुन: अस्थिरता अशान्ति र कुशासनको तर्फ धकेलिएको छ।

आज लोकतन्त्र, राष्ट्रियता, संघीयता र जनजिविका अत्यन्तै जोखिममा परेको छ।आज मुलुकको राजनीति स्पष्ट दुई ध्रुवमा विभाजित भएको छ। एकातिर अग्रगमन समाजवादका पक्षधरहरु र अर्कोतिर पश्चगमन र दलालहरु पुँजिवादका अस्तव्यस्त।’

अन्तमा उनले भने, ‘अर्कोतिर देशभक्त र वामपन्थी शक्तिहरु अर्कोतर्फ अन्तर्राष्ट्रियवादीहरु, आत्मसमर्पणवादीहरु दक्षिणपन्थीवादीहरु। नेपाली इतिहासमा कसैले गर्न नसकेको काम ओलि बा’ले गर्नुभएको छ, वहाँलाई हामी नेपाली सबैले ‘बा’ मानेर पुजा गरौं।

एमालेलाई पत्तासाफै पार्ने सल्लाह भइरहेको छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावबाट नेकपा एमालेलाई देशबाटै पत्तासाफ पार्ने सल्लाह भइरहेको बताएका छन् ‘।

नेकपा (एस) अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलामा गठबन्धनमा आगामी चुनावबाट एमालेलाई पत्तासाफ पार्ने सल्लाह भइरहेको अध्यक्ष नेपालले बताए’ ।

उनले भने, ‘चुनावमा ५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौँ। चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ ।

आगामी हुने राष्ट्रिय सभाको चुनावमा पनि गठबन्धनबाटै साझा उम्मेदवार हुने पनि अध्यक्ष नेपालले बताएका छन् ‘।अब राष्ट्रिय सभा चुनाव हुँदैछ, त्यहाँ गठबन्धनकै साझा उम्मेदवार बनाउँछौँ,’ उनले भने ।

यदि कसैले गठबन्धन टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने पनि अध्यक्ष नेपालले बताएका छन्। ‘उनका अनुसार अर्घाखाँचीमा उपचुनाव नभई एक वर्षपछि एकैपटक चुनाव गर्नेबारे छलफल भइरहेको छ ‘।

यसैगरी अर्घाखाँचीमा एमालेलाई हराउन गठबन्धनको साझा उम्मेदवार बनाउन सहमति जुटिसेकेको पनि उनले खुलासा गरेका छन् ।’

संविधान कुल्चिएर दक्षिणपन्थी बाटोतिर अग्रसर एमाले अध्यक्ष केपी शर्मा ओलीको एमालेको भविष्य नरहेको पनि अध्यक्ष नेपालले बताए । साथै, एमालेको सूर्यमा ग्रहण लागिसकेको भन्दै त्यसले काम नगर्ने पनि अध्यक्ष नेपालले ठाकुवा गरे ।


Last Updated on: December 7th, 2021 at 9:43 am
१५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया