बिहिबार १३ माघ २०७८

काठमाण्डाै ।

अमेरिकाका लागि प्रस्तावित राजदूत प्राेफेसर श्रीधर खत्रीले नेपालले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताउनुभएको छ ।

आज सोमवार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरूले भ्रम फैलाउने काम गरेको दाबीसमेत गर्नुभयो । उहाँले याे सम्झौतालाई

इन्डो–प्यासेफिक रणनीतिसँग जोडेर हेर्न नहुने बताउनुभयो । प्रस्तावित राजदूत खत्रीले एमसीसी अनुदान भएको र ऋण तिर्नुनपर्ने स्पष्ट पार्नुभयो । यो सम्झौाता दुई देशबीचको सहयाेगमा अगाडि बढ्ने उहाँको बुझाइ थियो ।

प्रस्तावित राजदूत खत्रीले भन्नुभयो, ‘धेरैजसाेले इन्डो–प्यासेफिक रणनीति र एमसीसीलाई मिसाएर हेर्ने गरेका छन् । यो धारणा केही हदसम्म गलत पनि हो । यसलाई बुझ्न नेपालतर्फ र अमेरिकातर्फबाट

पनि गल्ती भयो भन्ने लाग्छ । हामीले याे सम्झाैता लिने हो भने पनि प्रष्ट भने हुन्छ, नलिने हो भने पनि प्रष्ट भने हुन्छ ।प्रस्तावित राजदूत खत्रीले संसदीय समितिलाई अमेरिकाले एमसीसीबारे पछिल्लो पटक प्रष्ट पारेको पनि बताउनुभयो ।


Last Updated on: December 7th, 2021 at 7:01 pm
२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया