मंगलबार ०४ माघ २०७८

काठमाडाैं।

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का दुई दर्जन बढी नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पर्सा जिल्लाबाट पार्टी प्रवेश गरेका ती नेता कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन्।

कार्यक्रमकाे सम्बाेधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सिंगो पार्टीको ध्यान अहिले विचारको विकास गर्ने, विचार संश्लेषण गर्ने र नेपाल राष्ट्रलाई एकताबद्ध गर्नेतर्फ रहेकाे बताए। उनले भने, ‘अहिले यो पटक हामीले देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौं ।

हाम्रो ध्यान चाहिँ समाजवादी क्रान्तिको विकास कसरी गर्ने भन्नेमा छ ।’ उनले मधेशकै पहिचान र अधिकारको निम्ति आफूहरुले लडाईं लडेको पनि बताए। उनले भने, ‘बीचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेशमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेशका विभिन्न जिल्लाहरुका कार्यक्रममा जाँदा मैले जनतामा माओवादीप्रति उत्साह देखेको छु ।’

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको बताए। उनले पार्टीमा पुनः जोडिन आएका नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने प्रतिवद्धता समेत व्यक्त गरे।

पार्टी प्रवेश गर्ने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले माओवादी मधेशका जनताको वास्तविक हक अधिकारका लागि लड्ने पार्टी भएको बताएका थिए । झण्डै दुई दर्जन नेता तथा कार्यकर्ता एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

युगान्तकारी संघर्षका नायक प्रचण्ड, नेपाल र गिरिजा नै हुन : वामदेव गौतम
नेकपा एमालेका नेता वामदेव गौतमले युगान्तकारी संघर्षका महानायक ´प्रचण्ड` भएको बताएका छन । गौतमले ´प्रचण्ड` संगै नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड` र नेकपा एमालेका तत्कालीन महासचिव माधव कुमार नेपाल पनि यो भित्र पर्ने भएको बताएका छन् ।

१४ औं गणतन्त्र दिवशको अवसरमा शुभकामना व्यक्त गर्दै नेता गौतमले भने नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ।

तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो।

उहाँहरुमध्ये गिरिजा प्रसाद कोइराला हामीबीच हुनुहुन्न अरु दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ। नेता गौतमले एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका तीन नेता त्यसको विरुद्धमा रहेको खुलासा गरे ।

नाम नखुलाइ विभिन्न पार्टीमा आवद्ध तीन नेता गणतन्त्रको विपक्षमा रहेको बताउँदै नेता गौतमले संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर बैठकमा लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको दाबी गरेका छन् ।


Last Updated on: December 8th, 2021 at 9:09 am
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया