मंगलबार ०४ माघ २०७८

नेकपा एमालेका नेता डा भीमबहादुर रावलले गृह जिल्ला अछाम पुगेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन । उनले १५ वर्ष पार्टी प्रमुख भएर पनि नपुगेर माधव नेपालले फेरि खिचडी पकाएको बताए ।

एमालेका पूर्व उपाध्यक्ष समेत रहेका रावलले व्यक्तिगत लोभ र कुण्ठा त्याग्नुपर्ने बताए । उनले माधव नेपालले १५ वर्ष पार्टीको प्रमुख भएर पनि निहुँ खोजेर पार्टी फुटाएकोमा रोष प्रकट गरे ।

त्यस्तै रावलले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबउवा प्रति पनि कटाक्ष गरे । पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवालाइ नपुगेको र कुनै पनि समयमा प्रधानमन्त्री भएर भन्न सक्ने एउटा पनि काम नगरेको बताए ।

रावलले एमालेको चितवन महाधिवेशनमा आफूले एजेण्डामा जितेको बताए । उनले महाधिवेशनमा टीका लगाएर कमिटी घोषणा गर्न खोजिएकोमा आफूले जबजको मूल मर्म अनुसार प्रतिस्पर्धामा गएको बताए ।

उनले आफूले पद नै चाहेको भए अध्यक्ष ओलीले उपाध्यक्ष दिएको लिन सक्ने बताए । उनले आठौँ महाधिवेशनमा केपी शर्मा ओली र आफूसँगै हारेको बताउँदै एक पाटक हारेर केही नहुने बताए ।


Last Updated on: December 9th, 2021 at 6:31 am
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया