शुक्रबार ०७ माघ २०७८

काठमाडौं । भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख जेनरल विपिन रावत, उनकी श्रीमती सहित हेलिकप्टरमा सवार अन्यको नि’धन भएको पुष्टि भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्विट गर्दै देशले एकजना कुशल सैन्य नेतृत्व गु-माएको उल्लेख गरेका छन।

तमिलनाडुको कुन्नूरमा भारतीय एयर फोर्सको हेलिकप्टर दुर्घ-टनाग्रस्त बनेको थियो। उक्त हेलिकप्टरमा कुल १४ जना यात्रारत थिए। त्यसमध्ये १३ जनाको नि’धन भएको हो।

भारतीय वायु सेनाको एमआई-१७भी ५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ।

जेनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै सन् २०२० को ज्यानुअरीयता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका छन्।

उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए।

दुर्घ-टनामा घा’इते भएका ग्रुप क्याप्टेन वरुण सिंहको वेलिङ्टनस्थित सैनिक अस्पतालमा उपचार भइरहेको भारतीय वायु सेनाले जानकारी दिएको छ।


Last Updated on: December 9th, 2021 at 7:08 am
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया