मंगलबार ०४ माघ २०७८

चितवन ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । ओलीले आफू नेतृत्वको सरकारको पालामाएमसीसी पास गर्न ।

मरिमेटेर लागेको दावी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश समेत व्यक्त गरिन् । शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघातगरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या गर्ने ।

गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढ्नु परेको तर्क गरिन् । उनले भनिन्, ‘खड्ग ओली हिजो एमसीसी पास गर्न कन्दनी सुर्क्याएर लागि परेको मान्छे आजएमसीसीको विरोध गर्दैछन् । त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद ।

कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन् । मलाई सम्झना छ– ५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो ।एमसीसीको विरोध गर्दैछन् । त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद ।

कमरेड भीम रावल आज एमसीसीको विरुद्धमा जसरी बोल्दैछन् । मलाई सम्झना छ– ५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो ।

देशलाई बिकास र निकास दिने एक मात्र पार्टी भनेको माओवादी केन्द्र हो ; मेयर रेनु दाहाल
नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले देशलाई निका र विकास दिने पार्टी नै नेकपा (माओवादी) केन्द्र भएको बताएकी छन् । माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं.११ को अधिवेशन समुद्घाटन गर्दै मेयर दाहालले देशमा परिवर्तन ल्याउने मुख्य भूमिका माओवादी केन्द्रले

नै खेलेको भन्दै देशलाई विकास गर्ने पार्टी नै माओवादी भएको बताइन् । मेयर दाहालले देशमा परिवर्तन ल्याउने भूमिकादेखि सबै क्षेत्रमा माओवादी केन्द्र अन्य पार्टी भन्दा कहीँ पनि तल नपरेको भन्दै उत्साहका साथ अघि बढ्न आग्रह गरिन् । देशमा राजतन्त्र फाल्नेदेखि गणतन्त्र स्थापना गर्नेसम्म कामको मुख्य भूमिकामा हामी नै

थियौं मुलुक परिवर्तनका लागि हामी नै होमिएका थियौं मेयर दाहालले भनिन् अहिले पनि यो राष्ट्रलाई संकटबाट माथि उठाउने कामको नेतृत्वदायी भूमिकामा हाम्रो पार्टी छ । देशको निर्णायक पार्टी जनताको पक्षमा राष्ट्रको पक्षमा मुलुकलाई हरेक समस्यामा समाधान दिने सक्ने पार्टी भनेकै माओवादी केन्द्र मात्रै भएको मेयर दाहालको दावी थियो

। यही उत्साहका साथ सक्रियता पूर्वक पार्टीको काममा लाग्न कार्यकर्ताहरुलाई आग्रह समेत गरिन् । मेयर दाहालले भरतपुर महानगरपालिकाले सबै वडामा विकासको गतिलाई तिव्रता दिएको भन्दै भरतपुर–११ मा धेरै विकास निर्माणका कामहरु भइरहेको बताइन् । महानगरपालिकाको नेतृत्वमा आएपछिका तीन वर्षमा भरतपुर–११ मा

मात्रै महानगरले १८ करोड बढी बजेट विनियोजन गरेर काम गरेको बताइन् । उनले वडा नं.११ लाई नै छोएर महानगरमा रिंगरोड, पीच सडक लगायतका धेरै कामहरु भइरहेको भन्दै समग्र विकासको गतिले ढुक्क भएर महानगरले गरेको कामको प्रशंसा गर्न सकिने बताइन् । हिजो २०/३०औं वर्षमा हुन नसकेका कामहरु आज हामीले ३/४

वर्षको दौरानमा हामी गर्न खोजेका छौं देशैभर सबैलाई पनि विकास कसरी गर्नुपर्छ भन्ने कुराको एउटा राम्रो उदाहरण हामीले पेश गरेका छौं–मेयर दाहालले भनिन् । मेयर दाहालले पहिलोपटक गरिएको वडा अधिवेशनबाट सक्षम नेतृत्व चयन होस् भन्दै शुभकामना व्यक्त गरिन् ।


Last Updated on: December 9th, 2021 at 9:12 am
२५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया