मंगलबार ०४ माघ २०७८

काठमाडौ ।

नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ ।

भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने

निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको हो ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र

१५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो ।

दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ ।

प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरु गर्ने छ ।

हाल यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विद्युत खरिद गरी आयात गर्न यस अघि नै अनुमति पाइसकेको छ ।

प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको वेला आईआईएक्समार्फत प्रतिश्पर्धी दरमा विद्युत आयात गर्दै आएको हो ।

निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताइन् ।

राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका लागि अनुमति पाएका छौँ

यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुङ्गा हो, उनले भनिन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए ।

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत बिक्री गर्ने छ ।

प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्ने छ ।

विद्युत प्रणालीमार्फत तय हुने मार्केट क्लियरिङ प्राइस का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुने छ ।

प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात हुने छ ।

भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रति युनिट विद्युतको मूल्य २८ भारतीय रुपैयाँ (भारु)सम्म पुगेको थियो ।

मंसिर १ गतेदेखि बिजुलीको नयाँ महसुल, २२ लाख उपभोक्तालाई निशुल्क बिजुली

शुक्रबार, काठमाडौँ ।

आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने जानकारी दिएको हो।

नेपाल विद्युत प्राधिकरणले गरेको प्रश्तावमाथि छलफल गरेर आयोगले मंसिरदेखि लागू हुने गरी नयाँ विद्युत महशुल दर लागू गरेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताए।

उनले विपन्न नागरिकहरुलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरुलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने निर्णय गरिएको बताए।

मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिव २२ लाख ग्राहकहरुले लाभ लिने आयोगले जानकारी दिएको छ।

उनले आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सिनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाएको बताए।

आयोगले सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरेको छ।

त्यस्तै आयोगले मासिक ४ सय युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरुको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएको छ।

आयोगका अध्यक्ष सिंहले भने, ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाइएको छ, सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुल दरमा २५ रुपैयाँले घटाएर क्रमशः

१००,१२५ र १५० रुपैयाँ कायम गरिएको छ, यसैगरी सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुल दरमा २५ रुपैयाँले घटाएर क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ।

उनले थपे, विपन्न नागरिकहरुलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने गरी निर्णय गरिएको छ

त्यस्तै सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ देखि २५० यसनिटसम्म खपत गर्नेहरुको हकमा साबिकको दरमा प्रति युनिट ५० पैसा घटाएर प्रति युनिट ९.५० रुपैयाँ कायम गरिएको छ, सिंगल फेजबाट आपूर्ति लिइ मासिक ४०० यसनिट भन्दा माथि विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाइएको छ।

आयोगले आन्तरिक रुपमा विद्युत खपत वृद्धि गराउन सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ युनिट भन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्हो जस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न महशुल दर साबिकको भन्दा कम गरेको छ।

त्यस्तै सिँचाइका ग्राहकको महशुल दर पनि घटाएको छ भने यसपटक सिँचाइका ग्राहकले सबैभन्दा बढी लाभ पाएका छन्, उनीहरुको महशुल औसतमा ४०.६९ प्रतिशतसम्म घटाइएको हो। २३०/४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रति युनिट २.०५ ले घटाएर २.२५ कायम गरिएको अध्यक्ष सिंहले बताए।

अध्यक्ष सिंहले भने, आयोगले आन्तरिक रुपमा विद्युत खपत वृद्धि गराउन सिंगह फेजबाट आपूर्ति लिइ मासिक १५१ युनिट भन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्हो जस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न महशुल दर साबिकको भन्दा कम गरेको छ ।

त्यस्तै सिँचाइका ग्राहकको महशुल दर पनि घटाएको छ, उनीहरुको महशुल औसतमा ४०.६९ प्रतिशतसम्म घटाइएको हो, टिओडी मिटरमार्फत् ३३ के.भी. बाट विद्युत आपूर्ति लिने सिँचाइ उपभोक्ताको राति ११ बजेदेखि बिहान ५ बजेसम्मको इनर्जि शुल्क प्रति युनिट१.१५ रुपैयाँले घटाइ प्रति युनिट २ रुपैयाँ कायम गरिएको छ ।

बिहान ५ देखि बेलुका ५ बजेस्म्मको इनर्जी शुल्क प््रतियुनिट १.७० रुपैयाँले घटाइ प्रतियुनिट ३ रुपैयाँ कायम गरिएको छ, २३०-४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रति युनिट २.०५ ले घटाएर २.२५ कायम गरिएको छ।

आयोगले व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब एक युनिटको वर्षामा १०.५० र हिउँदमा ११.५० रुपैयाँ फरक–फरक महशुल तिर्नुपर्ने छ। यसअघि चार सय युनिटसम्म खपत गरेमा ११.५० रुपैयाँ र चार सय युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महशुल थियो।

आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महशुल दर घटाएको छ। त्यसैगरी सिँचाइका ग्राहकको महसुल पनि घटेको छ।

आयोगले स्ल्याबलाई ६ वटामा झार्ने निर्णय गरेको छ। यसले इन्डक्सन चुल्होको प्रयोग गर्ने तहका ग्राहकलाई थप सहुलियत मिल्ने आयोगको दावी छ।

अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ।

अब महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महशुल कम भएको छ। यी भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म कम महसुल कायम भएको छ।

उर्जामन्त्री पम्फा भुसालले रातोपाटी संगको अन्तर्वार्तामा महसुल घटाउनुको प्रमुख कारण खाद्यान्न आयात गराई देश आत्मनिर्भर गराउनु बताएकी छिन ।

उनले सर्वहारा बर्गका नारा लाउनु भन्दा गरिबका लागि केही गर्नु महत्त्वपूर्ण भएको पनि बताएकी छिन ।

राज्य संचालकले राम्रो संग शासन नगर्दा समाजमा असमा,नता जन्मिन्छ र त्यसले गर्दा गरिब र धनी बीचको दुरी झ्क्न बढाउने उनले बताएकी छिन ।

सपथ ग्रहण गर्ने बेला मात्र उर्जामन्त्री भएको थाह पाएकी भुसालले पुर्व तयारी गरेकी थिईनन तर पछि सक्रिय भएर सबै संग परामर्श गरि यो काम सम्भव भएको हो ।

जनयु,द्द कालमा उनको भु,मिगत नाम थियो कमरेड बिद्धुत । आज उनैले उर्जाको जिम्मेवारी पाएकी छिन । यसमा पनि उनले क्रा,न्ती गरेकी छिन ।


Last Updated on: December 9th, 2021 at 9:18 am
२३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया