मंगलबार ०४ माघ २०७८

गौतमबुद्ध अन्तराट्रिय रंगशालाको काम अलपत्र परेको छ । आर्थिक अभावका कारण रंगशाला अभियानकर्ता सिताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला बनाउन नससक्ने भन्दै हात झिकिसकेका छन् ।

उनीहरुले आर्थिक अभावका कारण थप रंगशाला निर्माण गर्न नसकिएको बताइसकेका छन् ।

सिताराम र कुञ्जनाले हात झिेपछि उनीहरुमाथी आर्थिक हिनामिना गरेको आरोप लाग्दै आएको छ । उनीहरुमाथी लागेको आरोपमा उनका भाई कुमार कट्टेलले रङगशालाको

निर्माणको आर्थिक पारदर्शिता देखाउने बताएका छन् । उनले जगमा अनि पिलरमा बालुवा गिट्टी सिमेन्टी डण्डीका साथ ईमान्दारिता र पारदर्शिता पनि हालिएको दाबी गरेका छन् ।

उनले बुधबार दाजु सिताराम कट्टेलको गुनगान गाउँदै धुर्मुस देश बनाउन हिडेको तर विदेश पलायन नभएको तर्क गरेका छन् । उनले देश बनाउन हिडेको छोरोलाई गाली नगर्न सुझाव दिएका छन् ।

उनले धुर्मुसलाई गाली गर्न राजनितिक दल समेत लागेको आरोप लगाएका छन् । उनले भनेका छन्,‘ एनी हाउ पैसा कमाउ बनाएको तपाईंको राजनितीले धुर्मुस प्रती नकारात्मक धारणा बनाउनु स्वभाविक नै होला तर धुर्मुस अपवाद हो , धैर्य गरौ !’

उनले धुर्र्मुस्ले थालेको काम जनता , सरकार , निजी क्षेत्र , एन.आर. एन. सबै जुटे रंगशाला निर्माण मात्र नभएर देश नै बन्ने बताए ।

उनले आफ्नो दाजुले थालेको काम एक उदाहरणिय रहेको भन्दै दाजुको प्रशंषा गरेका छन् ।

‘हाम्रो देश हामी नेपाली आफैले बनाउन सक्छौ भनेर एउटा उदाहरणिय शुरुआत गरेको धुर्मुसले देश बनाउ भनेर सब त्याग गरेर हिड्नु नै गल्ती गरेछ,

‘उनले भने,‘एउटा धुर्मुस हार्दा रङ्गशाला बन्छ भने धुर्मुस हारोस तर रङगशाला बनोस


Last Updated on: December 9th, 2021 at 9:36 am
४९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया