बिहिबार १३ माघ २०७८

काठमाडौँ ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर सजिलै हासिल गर्न सकिने दावी गरेका छन् ।

अर्थ समितिमा देशको अर्थतन्त्रको वर्तमान अवस्था र अर्थ मन्त्रालयका काम कारबाहीबारे बिहीबार जानकारी गराउँदै मन्त्री शर्माले यस्तो दावी गरेका हुन् ।

आफूलाई अर्थतन्त्र नबुझेको र आर्थिक सूचकबारे नबुझेरै बोलेको भन्दै आलोचना भएकोमा काम गरेर त्यसको जवाफ दिने शर्माले बताए ।

अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण रहेको उनले बताए । ‘अर्थतन्त्र चुनौतिरहीत कहिल्यै हुँदैन । सधैं चुनौतिपूर्ण नै हुन्छ । अहिलेको अर्थतन्त्रको अवस्था भनेको हिजोको अर्थनीति र योजनाको परिणाम हो’, शर्माले भने ‘हामीले आजै अहिल्यै सबै कुरा सुधार्न सक्दैनौं । अहिले गरेको कामको नतिजा पछि देखिन्छ ।’

अर्थतन्त्र नै नबुझेको भनेर भइरहेको आफ्नो आलोचनालाई पनि स्वभाविक रुपमा लिएको उनले बताए ।

यो आलोचना आफ्ना लागि ‘गरेर देखाउने’ चुनौतिका रुपमा लिएको उनले बताएका छन् । ‘को जान्ने, को नजान्ने भनिरहेका महासयहरूलाई पनि म हेरिरहेको छु । सरकारले आज अगाडि सारेका नीतिले पछि परिणाम देखाउँछ,’ शर्माले भने, ‘मासिक १० प्रतिशत खर्च गर्ने सरकारी योजनाको प्रकृया भर्खरै शुरू भएको छ । यो अभ्यास गर्ने कुरा हो । अभ्यासकै क्रममा छ ।’

प्रतिकुल अवस्थाका बाबजुद पनि सरकारले ७ प्रतिशत को आर्थिक वृद्धिदर हासिल गर्ने उनको दाबी छ ।

अर्थमन्त्री शर्माले क्रेडिट ग्रोथ ३२ प्रतिशतसम्म बढ्नु, समग्र सरकारी खर्च गत वर्षको तुलनामा बढ्नु, कोभिडले थलिएका ९८ प्रतिशत उद्योग संचालनमा आउनु र मुद्रास्फिती पनि नियन्त्रणमै रहनुलाई आफ्नो उपलव्धिका रुपमा औंल्याए ।

मन्त्री शर्माले अहिले राजस्व संकलन अनुरुप बजेट खर्च हुन नसकेकाले ऋण लिनपर्ने अवस्थामा सरकार नरहेको अर्थ समितिमा बताए ।

‘अनिवार्य र आवश्यकता हुँदा मात्र ऋण लिने हो । अहिले आवश्यक छैन । राजस्व पर्याप्त उठेको छ,’ शर्माले भने । तर अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ सय मिलियन र विश्व बैंकबाट ३ सय मिलियन अमेरिकी डलर ऋण लिने तयारी रहेको उनले बताए ।

अहिलेको अर्थतन्तको मुख्य समस्या र चुनौती पुँजीगत खर्च हुन नसक्नु र बढ्दो आयात रहेकोमा यो समस्या पनि नियन्त्रित अवस्थामै रहेको उनले बताए ।

‘ठूलो संकट छैन । समाधानको अवस्थाभित्रै छन् । यसै पनि अर्थ मन्त्रालय आफैं खर्च गर्ने निकाय होइन । खर्चको व्यवस्थापनमा सघाउने हो । अर्थतन्त्रलाई मजबुद बनाउनका लागि हाम्रो स्रोत साधनको अधिकतम प्रयोग हामीले गरिरहेका छौं’ शर्माले भने ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बस्तु आयात ६१ प्रतिशत र निर्यात १०४ प्रतिशतले बढेको, विप्रेषणमा ६‍.७ प्रतिशतले कमी आएको र विदेशी मुद्रा सञ्चिति १३ खर्ब १९ अर्बमा खुम्चिएको तथ्यांक शर्माले समितिलाई जानकारी गराएका छन्।

भारत र पाकिस्तान लगायत यी देशलाई पछि पार्दै नेपाली विद्यार्थी ,टिमले जिते ३ हजार अमेरिकी डलर

काठमाडौ – साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा भाग लिएकी नेपाली बिद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ ।

उक्त समिटमा दक्षिण एसियाका भारत, बंगलादेश ,अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका बिद्यार्थीले भाग लिएका थिए ।

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा वीवीएस पांचौ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले ३ हजार अमेरिकी डलर पुरस्कार समेत जितेको छ ।

८ महिना लामो टेक्सटाइल इन्ड्रटिजको अनुसन्धान गरेर समिटमा पेश गरेको रिर्सचले अवार्ड जितेको शाहीले जानकारी दिए ।

सन २०१९ बाट शुरु भएको उक्त समिट यस पटक श्रीलंकामा आयोजना गर्ने भनिएपनि कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो ।

उक्त प्रतियोगितामा ८ वटा टिम सहभागी भएको थियो । रहेक टिममा प्रत्येक देशका एक जना बिद्यार्थीको सहभागिता रहेको थियो ।

बाढीले बगाएर भारतीय भूमिमा पुगेको गैंडा फिर्ता ल्याइयोनवलपुर — ६ वर्षअघि नारायणीको बाढीमा बगेर भारत पुगेको गैंडा नेपाल ल्याइएको छ ।

त्रिवेणीधामको उखुबारीमा चर्दै गरेको गैंडाका बारेमा स्थानीयले निकुञ्जलाई खबर गरेपछि प्राविधिकको टोलीले गैंडालाई बेहोस बनाएर चितवन निकुञ्जको पूर्वी सेक्टरमा ल्याइएको हो ।

बर्खाको भेलले बगाएर भारत पुगेको गैंडा त्रिवेणीस्थित सुस्ता र आसपासका क्षेत्रलाई आधार बनाएर चर्दै आएको थियो ।

नेपाल–भारत ओहोर–दोहोर गरिरहने गैंडाका बारेमा स्थानियले निकुञ्जलाई खबर गरेका थिए ।


Last Updated on: December 9th, 2021 at 7:17 pm
३५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया